भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल आउँदै – Nepal Press

भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल आउँदै

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदैछन् । नेपाल-भारत आयोगको सातौं बैठकमा सहभागी हुन उनी नेपाल आउने भएका हुन् । उनी आज र भोलि नेपालमा रहनेछन् ।

जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलसहित दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने तय भएको छ ।

आयोगको सातौँ बैठक काठमाडौंमा बस्नेछ । बैठकमा नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमति पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमति पत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले बिहीबार हस्ताक्षर गर्नेछन् ।

बैठकमा नागरिक उड्डयन क्षेत्रका ६ विषयमा छलफल हुने गरी प्रस्ताव तयार गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर