सहकारी ठगी मुद्दामा युवा संघका उपमहासचिव गुरुङ जेल चलान – Nepal Press

सहकारी ठगी मुद्दामा युवा संघका उपमहासचिव गुरुङ जेल चलान

पोखरा । युवा संघका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ(महेन्द्र भोटे) लाई सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

कास्की अदालतका न्यायाधीश बसन्तजंग थापाको इजाजतले गुरुङसहित २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले गुरुङसहित जिबी राई समूहको सुर्यदर्शन सहकारीका संचालक भविश्वर अर्याललाई थुनामा पठाउन अदालतले आदेश दिएको जानकारी दिए ।

उनीहरूविरुद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि फरार रहेका दुबै जना मंगलबार अदालतमा हाजिर भएका थिए ।
गुरुङ गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट कास्कीको मादी गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए ।

यसअघि सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए । उनीहरुलाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको छ । उक्त सहकारीका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । अझै १५ जना फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर