काठमाडौंमा जनमतका नेता-कार्यकर्ता पक्राउको विरोधमा सिरहामा प्रदर्शन – Nepal Press

काठमाडौंमा जनमतका नेता-कार्यकर्ता पक्राउको विरोधमा सिरहामा प्रदर्शन

जनकपुरधाम । काठमाडौंको माइतीघर मण्डलामा ‘धोती दिवस’ को र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको भन्दै सिरहामा जनमत पार्टीका नेता-कार्यकर्ताले विरोध गरेका छन् ।

धनगढीमाई नगरपालिका-८ कसहा चोकमा टायर बालेर पूर्व-पश्चिम राजमार्ग केहीबेर अवरुद्ध गरे । त्यस्तै औरहीस्थित हुलाकी राजमार्गमा पनि प्रदर्शन गरिएको छ ।

निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि आज बिहान जनमतका अध्यक्ष सिके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलगायतका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

आफ्नो पहिचान झल्काउन कार्यक्रम गर्दा राज्यले हस्तक्षेप गरेपछि आन्दोलन गर्नुपरेको जनमतका नेता दीपेन्द्र यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर