निजगढ–काठमाडौँ द्रुतमार्गको काम तीव्र गतिमा (तस्बिरहरू) – Nepal Press

निजगढ–काठमाडौँ द्रुतमार्गको काम तीव्र गतिमा (तस्बिरहरू)

हेटौँडा । काठमाडौँ निजगढ द्रुतमार्गको काम तीव्र गतिमा भइरहेको छ । ७२.५ किलोमिटरको द्रुतमार्गको कामले तीव्रता पाएको देखिएको छ ।

२०८३ सालभित्र निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्नेगर द्रुतमार्गको निर्माणले तीव्रता पाएको हो ।

यति बेला द्रुतमार्गका ठुला पुल निर्माण तथा सुरुङ मार्गको कामले तीव्रता पाएको हो । २०७४ साल वैशाख २१ गते शिलान्यास भएको द्रुत मार्ग चार वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर द्रुत मार्गले जग्गा विवाद, कोभिडको कारण निर्माणमा तीव्रता पाएको थिएन ।

काठमाडौँको खोकना प्रस्थान बिन्दु र बाराको निजगढ अन्तिम बिन्दु रहेको द्रुतमार्ग तराई क्षेत्रमा २७ र पहाडी क्षेत्रमा २५ मिटर फराकिलो हुने छ ।

द्रुत मार्गमा ३ वटा सुरुङ तथा ८७ वटा पुल हुनेछन् । १ घण्टा २ मिनेट ३३ सेकेन्डमा काठमाण्डौँबाट निजगढ पुग्न सकिनेगरी डिजाइन गरिएको द्रुत मार्गको लागत १ खर्ब ७५ अर्ब लाग्ने अनुमान गरिएको छ ।

द्रुत मार्गमा महादेव डाँडामा ३.३५५ किमी, धेद्रेमा १.६३० किमी र लेन डाँडामा १.४३० किमी गरी ६.४१५ किमी लामो सुरुङ मार्ग बनाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर