अध्यागमन र एयरलाइन्सकै कर्मचारी ‘मानव तस्करी’ मा संलग्न- नक्कली कागज बनाएर विदेश पठाउने चारजना पक्राउ – Nepal Press

अध्यागमन र एयरलाइन्सकै कर्मचारी ‘मानव तस्करी’ मा संलग्न- नक्कली कागज बनाएर विदेश पठाउने चारजना पक्राउ

काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा एयरलाइन्स र अध्यागमनकै अधिकारी रहेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो र आज ४ जनालाई पक्राउ गरेपछि भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’ को सेटिङको पोल बाहिर आएको छ ।

प्रहरीले यो धन्दामा संलग्न आरोपमा अध्यागमन विभागका अधिकृत नरवीर खड्का, नेपाल एयरलाइन्सका अधिकृत अर्विन यादव, नेवानीकै अर्का कर्मचारी होम पोखरेल र एजेन्ट पदम लामालाई पक्राउ गरेको छ । पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरीले उनीहररुले कुन प्रक्रियाबाट मान्छे पठाइरहेका छन् भन्ने बताएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले ट्राभल एजेन्टको मिलेमतोमा विदेश जान चाहनेहरूलाई नक्कली सर्टिफिकेट, बैंक स्टेटमेन्ट, प्रहरी रिपोर्ट र नक्कली भिसा बनाइदिने गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर