रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकुकाे बयान- हजारौं याेद्धा परिवार पाल्नकै लागि विदेशका गल्लीमा भाैतारिनुपरेकाे छ – Nepal Press

रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकुकाे बयान- हजारौं याेद्धा परिवार पाल्नकै लागि विदेशका गल्लीमा भाैतारिनुपरेकाे छ

काठमाडौं । रूसी सेनामा भर्ती भएका पूर्व माओवादी लडाकु म्याग्दीका डाइमण्डले परिवार पाल्नकै लागि विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको बताएका छन् ।

आफू रसियन आर्मीमा भर्ना भएपछि नेपालाका मिडियाहरूले चासो राखेको भन्दै उनले सामाजिक सन्जालमार्फत यस्तो बताएका हुन् ।

उनले भनेका छन्- म रसियन सेनामा भर्ती भएको भन्ने जानकारी पाएपछी नेपाली मुलधारका मिडियामा आवद्ध मिडियाकर्मी साथीहरूबाट त्यहाँको अवस्थावारे केहि बोल्दिनुपर्यो भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ । यसबारे यहाँ आएका अरु साथीहरूले के बोल्छन । के गर्छन त्यो उनीहरुको विषय भयो । तर म सार्वजनिक रुपमा के भन्न चाहन्छु भने हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमुल परिवर्तनको लागी बन्दुक वोकेर झण्डै १ दशक रगत/पसिना बगाइयो । अंशमा केहि परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन ।परिणामत आज पनि सत्ता/शक्तिको वरिपरि केहि मुठ्ठीभर दलाल पुजिँपति हरुकै जगजगी छ । परिवर्तनको लागि दशकौं योगदान गरेका हजारौं योद्वाहरु आज परिवार पाल्नकै लागी विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको छ ।

उनले उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफू रसियन आर्मीमा भर्ना भएको पनि बताएका छन् ।

उनले युद्दरत देशको अवस्था सामान्य सैनिक जागिर जस्तो नहुने भन्दै कार्यरत रहँदा सकारात्मक/नकारात्मक सवै विषय अनुभुत गर्न सकिने उल्लेख गरेका छन् ।

डाइमण्ड र उनकी श्रीमती प्रेरणा शेर्पाली दुबै माओवादी लाडाकु हुन् ।

यस्तो छ उनको पूर्ण फेसबुक स्टाटस :

प्रिय साथीहरू
सार्वजनिक रुपमा एउटा जानकारी :-

म रसियन सेनामा भर्ति भएको भन्ने जानकारी पाएपछी नेपाली मुलधारका मिडियामा आवद्ध मिडियाकर्मी साथीहरू वाट त्यहाँको अवस्थावारे केहि वोल्दिनुपर्यो भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ,यसवारे यहाँ आएका अरु साथीहरूले के वोल्छन,के गर्छन त्यो उनिहरुको विषय भयो तर म सार्वजनिक रुपमा के भन्न चाहन्छु भने हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमुल परिवर्तनको लागी वन्दुक वोकेर झण्डै १ दशक रगत/पसिना वगाईयो,अंशमा केहि परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन परिणामत आजपनि सत्ता/शक्तिको वरिपरि केहि मुठ्ठीभर दलाल पुजिँपति हरुकै जगजगी छ,परिवर्तनको लागी दशकौ योगदान गरेका हजारौं योद्वाहरु आज परिवार पाल्नकै लागी विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको छ
यहि कारण उच्च जोखिम छ भन्ने थाहा हुदाहुदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ति भईएको छ।

 

पृष्ठभूमि, कथा/व्यथा भिन्नभिन्न होलान तर वाध्यताले दोहोर्याएका हजारौं नेपाली युवाहरु अहिले रसियन सेनामा भर्ति भई युद्धको मोर्चामा खटिईरहनु भएको छ। युद्धरत देशको(यो सामान्य सैनिक जागिर जस्तो होइन)सैन्य फौजमा कार्यरत रहदा सकारात्मक/नकारात्मक सवै विषय अनुभुत गर्न सकिन्छ यद्यपि यि विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु।युद्धरत देशको सिपाहीको मुख्य जिम्मेवारी के हो ?युद्ध मैदानमा प्रवेश गरिसकेपछि के-के हुन्छ?के-के गर्नुपर्छ?के-के भोग्नुपर्छ? सैन्य संठगभित्र के गर्न पाईन्छ/के गर्न पाईन्न?सैन्य कानुन/अनुशासन के-कस्तो हुन्छ भन्नेमा मिडियाकर्मी मित्रहरु पक्कै पनि अनविज्ञ हुनुहुन्न तसर्थ विषयवस्तु लाई यसरी सरल रुपमा वुझिदिनुहुन म विशेष आग्रह गर्दछु।

युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार वनाएर सामाजिक सञ्जाल/मिडिया हाउसहरु मार्फत रुस विरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी/युरोपियन गठवन्धन एवम् तिनका एजेन्ट हरुको मतियार वन्न सकिन्न।न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर वन्दुक वोकेकोप्रति कुनै पश्चाताप छ न त आज भिन्न उदेश्य सहित लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा वन्दुक वोकेको प्रति कुनै गुनासो छ।आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहिन र अर्थहिन कहिल्यै लाग्दैन।जोखिमपूर्ण यात्राको पाईला-पाईलामा चुनौति त छ नै यद्यपि हार कहिल्यै मानिदैन,गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत् छ।
अन्त्यमा :-

सयौं साथीहरूले रसिया भर्ति हुन आउनुपर्‍यो,के-कसरी हो?च्यानल मिलाईदिनुपर्यो भनेर म्यासेज गरिराख्नु भएकोछ,एक-एक गरेर सवैलाई जवाफ दिन सम्भव भएन तसर्थ यसै सार्वजनिक सुचना मार्फत जानकारी- यहाँ अहिले भर्ति वन्द छ,दलालहरुको भ्रममा नपर्नुहोला।

धन्यवाद


प्रतिक्रिया

4 thoughts on “रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकुकाे बयान- हजारौं याेद्धा परिवार पाल्नकै लागि विदेशका गल्लीमा भाैतारिनुपरेकाे छ

  1. देशमा गरिखान लाज लागेपछि बिदेशीको गुलामी नोकरी भाडा धुलाई गरे राम्रो भो नि । नेपाली जाती अर्कैको सेवा गर्न जम्मेका सुद्र हुन

  2. राणा र राजाले नेपालीलाई वेलायती र भारतीय सेनामा लडन पठाए। माओवादीले चाहिँ जनयुद्व गरेर रूसी सेनामा लडन जान बाध्य पारेछ । बधाइ छ प्रचण्ड ! तिमीले गरेको जनयुद्वले गर्दा तिमीले चाहे अनुसार योद्वाले पनि अवसर पाएछन् । तिमी र तिम्रा संतानको मोजमस्तीको जिन्दगी त संसारले दैनिक हेर्ने मौका पाएकै छन् । अझ अमरेशकुमार सिंहले भने बमोजिमको हो भने त तिमी र तिम्रो परिवारलाई सार्वजनिक रूपमा सम्मान पनि गर्नुपर्छ जस्तो लाग्छ ।

    1. राणा र राजाले अंग्रेज सँग बकायदा सम्झौता गरेर हरेक सिपाहीको आधा (खान्गी) तलब बेलायती सरकारबाट लिनेगरि नेपाली आदिवासीजनजाति युवाहरुलाई बेचेका थिए। तर गणतन्त्र स्थापना पश्चात् रुसी सेनामा भर्ति भएकाहरु स्वईच्छाले गएकाहरु हुन्। यसमा न त सरकारको दोष छ, न त प्रचण्डको । यो त तत्कालीन राणा र शाहहरुले बेलायतलाई युवाहरु बेचेको समयदेखिको निरन्तरता हो; त्यसबेला देखि उब्जिएको बिदेशीको दास बन्ने प्रवृत्ति रोक्न बर्तमानमा पनि नसकिएको अबस्था हो । तत्कालीन समयको बिदेशीको दास हुने प्रवृत्तिको रोग निको पार्न चाहना भएपनि अझ सताब्दियौं समय लाग्ने अबस्था छ। अस्पताल पुग्ने बित्तिकै बिरामी निको हुन्छ भन्ने होइन । निको बनाउन प्रयासरत हुनु ठूलो कुरा हो । राणा, पञ्चेले थिलथिलो हुने गरि नेपाली जनतालाई गरिवीको रोग लागिरहेको स्थितिमा त्यसको निदानका लागि धेरै उपचारमा समय खर्च गर्नुपर्ने बाध्यता छ।

  3. माबादी भएर कति नेपाली काे रगतमा हाेली खेलिस अहिले युक्रेनीजकाे रगतमा हाेली खेल्न पुगेछस मुला माबादी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर