संगठन विस्तारमा जनमतको सक्रियता, आगामी बैशाखमा प्रदेश अधिवेशन गर्ने – Nepal Press

संगठन विस्तारमा जनमतको सक्रियता, आगामी बैशाखमा प्रदेश अधिवेशन गर्ने

काठमाडौं । गत निर्वाचनबाट मधेशमा उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीको सांगठनिक गतिविधि अगाडि बढाउने भएको छ । जनमतको सचिवालयले संगठन विस्तार गर्न र सशक्त संगठन निर्माण गर्न आगामी वैशाखसम्म प्रदेश अधिवेशन टुंग्याउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष राउतका अनुसार मंसिर १५ देखि माघ १५ सम्म सबै वडा अधिवेशन पूरा गर्नुपर्नेछ । त्यस्तै माघ १५ देखि फागुनसम्म सबै पालिका र फागुन २० सम्ममा सबै वडा र पालिकाहरूको प्रक्रिया पुर्‍याइ गरिएको अधिवेशनको आधिकारिक माइन्युटको प्रतिलिपि सचिवालयलाई पठाउनुपर्ने निर्णय गरिएको छ ।

यस्तै चैत ३ गते जिल्ला अधिवेशन र आगामी वैशाख २४ देखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने निर्णय भएको उनले बताए । पार्टीका सबै तहका पदाधिकारी, नेता, कार्यकर्ता तथा सदस्यहरुलाई पार्टीले निर्णय गरेर पठाएको कार्यतालिकालाई पालन गर्दै संगठन विस्तार तथा अधिवेशनका कार्यक्रमहरू गर्न निर्देशनसमेत दिइएको अध्यक्ष राउतले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर