नक्कली शरणार्थी प्रकरण : उच्चको आदेश भोलिमात्र – Nepal Press

नक्कली शरणार्थी प्रकरण : उच्चको आदेश भोलिमात्र

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावेदनको बहस सकिएको छ । आज जवाफी बहस सकिएसँगै प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले भोलि आदेश आउने बताएका छन् ।

काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावेदन निवेदनमाथिको सरकारी वकिलको बहस भने हिजो सकिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीले पुनरावेदन गरेका थिए । काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर