विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि, पछिल्लो अवस्था अज्ञात – Nepal Press

विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि, पछिल्लो अवस्था अज्ञात

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले विपिन जोशी हमासकाे नियन्त्रणमा रहेकाे पुष्टि गरेको छ ।

इजरायलको किब्बुज-अलुमिम हमास समूहले बन्धक बनाएर गाजातर्फ लगेका मध्येमा विपिन जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको दूतावासले जनाएको छ ।

उनको अवस्थाबारे भने अहिलेसम्म पनि यकिन गर्न नसकिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र जोखी कार्य जारी रहेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर