एन्फाको विशेष साधारण सभामा लफडा, बोल्न नदिएको भन्दै बाहिरिए कर्मा (भिडिओ) – Nepal Press

एन्फाको विशेष साधारण सभामा लफडा, बोल्न नदिएको भन्दै बाहिरिए कर्मा (भिडिओ)

हेटौंडा । हेटौंडामा जारी अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभास्थलमा लफडा भएको छ ।

अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने एकमात्र एजेण्डा रहेको विशेष साधारणसभामा प्रस्तावक तथा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा बोल्न नपाएको भन्दै बाहिर निस्किएका छन् ।

हलबाट बाहिरिँदै उनले नेम्वाङ पक्षले पेल्न खोजेको आरोप लगाए । अहिले हलमा व्यापक प्रहरी परिचालन गरिएको छ ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । कुल ११० प्रतिनिधि रहेकोमा साधारणसभामा ८९ जनाले मताधिकार प्राप्त गरेका छ्न् । साधारणसभामा सतप्रतिशत प्रतिनिधि उपस्थित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *