जसपा विभाजनको आरोपबारे प्रचण्डको प्रष्टीकरण- मबाहेक अरू कसलाई देख्छन् र नेपालमा ! – Nepal Press

जसपा विभाजनको आरोपबारे प्रचण्डको प्रष्टीकरण- मबाहेक अरू कसलाई देख्छन् र नेपालमा !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन हुनुमा आफ्नो कुनै भूमिका नरहेको प्रष्ट पारेका छन्।

सदनको गतिरोध हटाउनमा सिंहदरबारस्थित सभामुखको कार्यकक्ष बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै जसपा विभाजनबारे बोलेका हुन्।

जसपा विभाजनको आरोप तपाईँमाथि छ नि भन्ने जिज्ञासामा उनले भने, ‘आरोप त, अब अरू कसलाई देख्छन् र मान्छेहरूले प्रचण्डबाहेक नेपालमा।’

अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेलामा अशोक राई नेतृत्वमा जसपा नेपालबाट विभाजित भएर जसपा गठन भएको छ। राईलाई ७ सांसदले साथ दिएका छन्।

नेकपा एसका अध्यक्ष माधव नेपाल र उपेन्द्र यादवले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गरेकाले पार्टी विभाजन गर्न परेको विद्रोह गरेको सांसदहरूले बताउँदै आएका छन्। त्यसैले जसपा नेपाल विभाजनमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ रहेको बताइन्छ।

तर, उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले पार्टी विभाजनपछि नेपाल उत्रिए लगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेटिसकेका छन्। पार्टी विभाजनको विषयमा कुराकानी भएपछि उपेन्द्रले तत्काल सरकार नछाड्ने निर्णय समेत गरिसकेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर