बागमती मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा सुधार – Nepal Press

बागमती मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा सुधार

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा सुधार आएको छ ।

रामेछाप जाने क्रममा स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर मार्फत उनलाई काठमाडौंको नर्भिक अस्पताल लगिएको थियो ।

हाल उनको अवस्थामा उल्लेख्य सुधार आएको मुख्यमन्त्रीको स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बताए ।

अक्सिजन लेभल कम भएपछि बिमार परेका उनको अहिले अवस्था सामान्य रहेको उपेन्द्रको भनाइ छ । उच्च रक्तचापको समस्याले अक्सिजन लेभलमा कमी आएको चिकित्सकहरुले बताएको उनको भनाइ छ ।

रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि मुख्यमन्त्री जम्कट्टेललाई बीच बाटोबाटै काठमाडौं लगिएको थियो । सिन्धुलीमा प्राथमिक उपचारपछि उनलाई काठमाडौ लगिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर