फारवेष्ट पशुपति कप मङ्सिर २२ गतेदेखि, विजेताले पाँच लाख पाउने – Nepal Press

फारवेष्ट पशुपति कप मङ्सिर २२ गतेदेखि, विजेताले पाँच लाख पाउने

कैलाली । छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मङ्सिर २२ गतेदेखि आयोजना हुने भएको छ ।

आज आयोजक फारवेष्ट पशुपति युवा क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो । छैटौँ संस्करण मङ्सिर २२ गतेदेखि २९ गतेसम्म धनगढी रङ्गशालामा हुने भएको छ ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए ।

प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन् । सबै धनराशि जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ ।

धनगढी रङ्गशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबका सचिव ललित मिश्रले जानकारी दिए । उनका अनुसार प्रतियोगिता आयोजनामा झन्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर