इजरायलमा मारिएका सबै नेपालीको शव पहिचान – Nepal Press

इजरायलमा मारिएका सबै नेपालीको शव पहिचान

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका सबै नेपालीको शव पहिचान भएको छ । तेलअभिभस्थित नेपाली राजदूतावासले थप २ जना विद्यार्थीको शव पहिचान भएको जानकारी दिएसँगै सबै नेपालीको शव पहिचान भएको हो ।

सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै राजदूतावासले सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको जानकारी दिएको हो ।

यसअघि राजदूतावासले बझाङमा गणेशकुमार नेपाली, दार्चुलाका दिनेशराज विष्ट र लोकेन्द्रसिंह धामी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपानेको शव पठाइसकेको छ । पछिल्लो पटक पहिचान भएका डोटीका राजन फुलरा र पदम थापा तथा सल्यानका प्रवेश भण्डारीको शव आउन बाँकी रहेको छ ।

राजदूतावासले सोमबार पहिचान भएका शवहरू छिट्टै पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ । असोज २० गते हमासको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त घटनामा बेपत्ता कञ्चनपुरका विपिन जोशी अझै सम्पर्क विहीन छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर