एनआरएनए विवाद समाधानबारे बद्री केसी र आरके शर्माबीच भेटवार्ता, दुवै आफ्नै अडानमा – Nepal Press

एनआरएनए विवाद समाधानबारे बद्री केसी र आरके शर्माबीच भेटवार्ता, दुवै आफ्नै अडानमा

पुनर्निर्वाचन भए छलफल गर्न सकिन्छः शर्मा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवादमा सहमति खोज्ने प्रयास सुरू भएको छ । नवनिर्वाचित अध्यक्ष बद्री केसीले
विद्रोही पक्षद्वारा घोषित अध्यक्ष आर के शर्मासँग आज साँझ भेटवार्ता गरेका छन् ।

भेटका क्रममा डा. केसीले मिलेर जान शर्मालाई प्रस्ताव गरेका छन् । उनले निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि आफू मातहतको समिति बनाउन प्रस्ताव गरेको स्रोतले बतायो । तर, शर्माले पुनर्निर्वाचन नभएसम्म अरु विकल्पमा सोच्न नसकिने जवाफ फर्काएका छन् । पुनर्निर्वाचनका लागि तयार रहेको भनेर केसीले विज्ञप्ति निकालेमा आफूले साथीहरुसँग छलफल गर्ने उनको भनाइ थियो ।

‘भेटमा मैले निर्वाचन त्रुटिपूर्ण भएकाले पुनर्निर्वाचन भएमा सोच्न सकिन्छ भनेर स्पष्ट कुरा राखेको छु’, केसीसँगको भेटपछि शर्माले भने, ‘एनआरएनएको माया उहाँमा छ भने पुनर्निर्वाचनका लागि तयार हुनुपर्छ ।’

निर्वाचन परिणाममा धेरै त्रुटि भेटिएकोले एनआरएनएलाई पुरानै शाखमा फर्काउन पुनर्निर्वाचनको विकल्प नभएको उनको भनाइ छ ।

राजधानीको ठमेलस्थित हिमालयन जाभामा करिब ३० मिनेट लामो भेटवार्ता सहमतिमा पुग्न नसकेको एनआरएनएका नेता डीबी क्षेत्रीले जानकारी दिए ।

शर्मासँग भेटका लागि केसी एक्लै पुगेका थिए । शर्मासँग भने उनका चुनावी कमाण्डरसमेत रहेका क्षेत्री पनि थिए ।


प्रतिक्रिया

2 thoughts on “एनआरएनए विवाद समाधानबारे बद्री केसी र आरके शर्माबीच भेटवार्ता, दुवै आफ्नै अडानमा

  1. हा हा हा । हरूवाको छेरूवा दाउ। फेरी चुनाव रे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर