एनआरएन अध्यक्षमा डा. बद्री केसी निर्वाचित, अन्य पदाधिकारीमा को-को ? (मतसहित) – Nepal Press

एनआरएन अध्यक्षमा डा. बद्री केसी निर्वाचित, अन्य पदाधिकारीमा को-को ? (मतसहित)

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन् ।

काठमाडौं सोल्टी होटमा आयोजित ११औं विश्व सम्मेलनअन्तर्गत बिहीबारको प्रत्यक्ष तथा अनलाइन मतदानबाट अन्य दुई प्रतिस्पर्धीलाई हराउँदै केसीले जित हात पारेका हुन् ।

निर्वाचन समितिका अनुसार केसी १३७८ भोट ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी आरके शर्मा र महेश श्रेष्ठ पराजित भए । शर्माले १२८१, श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन् ।

डा. केसी एमालेनिकट हुन् । निवर्तमान तीन अध्यक्षमध्ये केसी कार्यकारी अधिकारयुक्त थिए । एमालेनिकट प्रवासी नेपाली मञ्चले उनलाई अघि सारेको हो । केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएनए डेभलपमेन्ट फन्ड तथा गैरआवासीय नेपालीको हक-अधिकारलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए ।

महेश कांग्रेसनिकट हुन् । उनी एनआरएनएको निवर्तमान उपाध्यक्ष थिए । कांग्रेसबाट डा. केशव पौडेल पनि अध्यक्षका आकांक्षी थिए । तर, पार्टीका नेताहरुले उनलाई थामथुम गरेर श्रेष्ठलाई अघि सारेका हुन् ।

अर्का प्रत्यासी शर्मालाई माओवादीको आशिर्वाद छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ग्रीन सिग्नल दिएपछि उनी उम्मेदवार बनेका थिए । उनी पनि निवर्तमान उपाध्यक्ष हुन् ।

उपाध्यक्षमा अस्ट्रेलियाबाट डा. विनोद श्रेष्ठ (१५६०), यूकेबाट डा. हेमराज शर्मा (२२६५), मलेसियाबाट खगेन्द्र न्यौपाने (१३५७), कतारबाट राजु रेग्मी ‘राज’ (१९००), यूकेबाट रामशरण सिमखडा (१५५२) र जापानबाट रोविन शेरचन (२१८०) विजयी भएका छन् ।

यूकेबाट रोजिना प्रधान राईले १९४७ भोट ल्याएर महिला उपाध्यक्ष जित्दा उनकी प्रतिद्वन्द्वी साउदी अरवियाबाट वेगम सैयद १९१४ मतमा रोकिइन् ।

युवा उपाध्यक्षमा रोसन थापा २४६८ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी अब्दुल बासिदले १३२२ मत प्राप्त गरे ।

संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए। महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरेका छन् ।

उपमहासचिवमा २१५० मत ल्याएर प्रवीन गुरुङ कतारबाट र १७९० मत ल्याएर सोमनाथ सापकोटा यूकेबाट निर्वाचित भएका छन् ।

१५ जनाको उम्मेदवारी परेको सचिव पदमा निर्वाचित भएका ६ जना सचिवमा १६७३ मत ल्याएर भीम केसी ‘कमल’, १७८२ मत ल्याएर डा. ज्ञानेन्द्र रेग्मी, २०२४ मत ल्याएर मनोजकुमार श्रेष्ठ, १८५३ मत ल्याएर डा. नवराज रोस्यारा, १६५१ मत ल्याएर पारमणि पोखरेल र १६६६ मत ल्याएर स्वतन्त्रप्रताप शाह निर्वाचित भएका छन् ।

महिला सचिवमा राधिका गुरुङ ‘टीका’ ले २३२० मत ल्याएर विजयी हुँदा विमला सापकोटा १५३९ मतमा रोकिइन् ।

कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगानालाई हराउँदै सुदनकुमार थापा निर्वाचित भए ।

सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना (२०१५), अभिमन्यू बस्नेत २०८१) र तिलकप्रसाद गैरे (२२३२) मत ल्याएर विजयी भए ।

अमृता थापा २२८७ मत ल्याएर महिला सहकोषाध्यक्षमा विजयी भइन् । उनकी प्रतिस्पर्धी तृष्णा शर्माले १५२२ मतमात्र ल्याइन् । अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरिन् । यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतका साथ विजयी भए ।


प्रतिक्रिया

One thought on “एनआरएन अध्यक्षमा डा. बद्री केसी निर्वाचित, अन्य पदाधिकारीमा को-को ? (मतसहित)

  1. हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *