कोशीमा पहिचान पक्षधरको संयुक्त आन्दोलनबाट अलग्गियो कोचिला समुदाय – Nepal Press

कोशीमा पहिचान पक्षधरको संयुक्त आन्दोलनबाट अलग्गियो कोचिला समुदाय

विराटनगर । झापा मोरङ सुनसरीलाई कोचिला प्रदेश बनाउनु पर्ने भन्दै राजवंशी समुदायले छुट्टै आन्दोलन थालेका छन् । लामो समयदेखि पहिचानवादी आन्दोलनमा होमिएको कोचिला समुदायले पुनः नामाङ्कनका लागि आन्दोलनरत पहिचानवादीको संयुक्त आन्दोलनबाट अलग हुँदै छुट्टै आन्दोलन थालेको हो ।

झापा, मोरङ र सुनसरीका कोचिला समुदायले प्रदेशको नाम लिम्बूवान-किराँत नमान्ने जिकिर गरेका छन् ।

सो समुदायले कोचिला एकता संयुक्त सङ्घर्ष समिति गठन गरेका छन् । झापाका ८ वटा पालिकामामा समिति बनाएर गनगाई, ताजपुरिया मेचे लाई पनि समेटिएको छ ।

प्रदेशको नाम कोशी राखेसँगै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । प्रदेश १ पुन नामकरण संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजीको आन्दोलन गरिरहँदा सुरुमा सो समुदाय पनि सँगै आन्दोलनमा थियो । संघर्ष समिति झापाका अध्यक्ष त्रिनारायण राजवंशीले ऐतिहासिक दस्ताबेजको आधारमा कोशी प्रदेशलाई कोचिला राज्य घोषणा गर्नुपर्ने माग राखे ।


प्रतिक्रिया

One thought on “कोशीमा पहिचान पक्षधरको संयुक्त आन्दोलनबाट अलग्गियो कोचिला समुदाय

  1. हिजो अस्ति सम्म सुतेर बसे अब फल पाक्याे कि भन्ने बेलामा त खाने धेरै निक्लिन्छन् नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर