डडेल्धुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु – Nepal Press

डडेल्धुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको हगुल्टे लेकमा अटो रिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ अटोमा सवार वीरबहादुर कुँवर घाइते भएका छन् ।

उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । अत्तरियाबाट डोटी जाने क्रममा अटो रिक्सा दुर्घटनामा परेको हो ।

अनियन्त्रित भएर अटो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक दीपक कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर