वर्षाका कारण रोकिएको भारत-पाकिस्तान भिडन्त सुचारु हुँदै, ओभर नघट्ने – Nepal Press

वर्षाका कारण रोकिएको भारत-पाकिस्तान भिडन्त सुचारु हुँदै, ओभर नघट्ने

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत वर्षाका कारण रोकिएको सुपर ओभरको भारत-पाकिस्तान भिडन्त केही बेरमा सुचारु हुने भएको छ । नेपाली समयअनुसार ४ बजेर ५५ मिनेटमा खेल सुरु हुनेछ । यसअघि आइतबार भारतले २४.१ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण खेल रोकिएको थियो ।

रिजर्भ डेमा सरेको यो खेल सोमबार ३ बजेर १५ मिनेटमा सुरु हुनुपर्ने थियो । तर वर्षाका कारण झन्डै डेढ घण्टा खेल सुरु हुन लागेको हो । यो खेलमा दुवै टोलीले ५०/५० ओभर ब्याटिङ गर्ने छन् ।

भारतले खेल रोकिनुअघि २ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *