युवा संघले सुरु गर्‍यो एक युवा ५ बिरुवा अभियान – Nepal Press

युवा संघले सुरु गर्‍यो एक युवा ५ बिरुवा अभियान

काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नारासाथ एक युवा पाँच बिरुवा अभियान सुरु गरेको छ ।

शनिवार काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका १ गागलफेदीमा वृक्षारोपण गरेर अभियानको शुभारम्भ गरिएको युवा संघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए । सो क्षेत्रमा आज ७ सय ५० बिरुवा रोपिएको छ ।

वृक्षारोपण कार्यक्रममा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, एमाले पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा युवाफाट इञ्चार्ज महेश बस्नेत, युवा संघ अध्यक्ष क्षितिज थेबे लगायत सहभागी थिए ।

सो अभियान अन्तर्गत देशैभर ५ लाख बिरुवा रोप्ने कार्यक्रम रहेको प्रवक्ता पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर