क्राइमियाको रुसी हतियार भण्डारणमा युक्रेनी ड्रोन हमला – Nepal Press

क्राइमियाको रुसी हतियार भण्डारणमा युक्रेनी ड्रोन हमला

काठमाडौं । रुसको क्राइमियामा रहेको हतियार भण्डारणमा युक्रेनले ड्रोन हमला गरेको छ ।

हमलाबाट क्राइमियाको हतियार भण्डारणमा आलो लागेको र आसपासका पाँच किलोमिटर क्षेत्रमा बस्ने नागरिकहरूलाई अन्तै सारिएको क्राइमियाका गभर्नर सेर्गि एक्सिओनोभले रुसी सरकारी विश्व च्यानल आरटीलाई बताएका छन् ।

युक्रेनले गरेको हमलामा कुनै मानवीय हताहत भने भएको छैन । युक्रेनी अधिकारीहरूले भने रुसी तेल तथा हतियार भण्डारणलाई ध्वस्त गरेको बताएको छ । पछिल्लो समयमा युक्रेनले ड्रोन हमला बढाएको छ ।

गत हप्ता युरोपको सबैभन्दा लामो पुल क्राइमिया पुलमा युक्रेनले ड्रोन हमला गरेको थियो । हमलाबाट पुलमा सवार एक दम्पतीको ज्यान गएको थियो भने उनीहरूकी एक नाबालक छोरी घाइते भएकी थिइन ।

रुसले यो हमलालाई आतंककारी हमला भनेको छ भने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने क्राइमिडा पुल भत्काउनु युक्रनेको युद्धको अल्पकालीन उद्देश्य भएको अमेरिकी च्यानल सिएनएनलाईअन्तरवार्तामा बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर