भारतीय राजदूतले भने- नेपाललाई मोदीले पनि पहिलो प्राथमिकता राखेका छन् (भिडिओ) – Nepal Press

भारतीय राजदूतले भने- नेपाललाई मोदीले पनि पहिलो प्राथमिकता राखेका छन् (भिडिओ)

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल छिमेकी देश भएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पहिलो प्राथमिकता राखेको बताएका छन् ।

नेपालको तेस्रो लगानी सम्मेलन बोल्दै उनले नेपालमा पूर्वाधारदेखि मोबाइल प्रविधिलगायतका क्षेत्रमा लगानी गर्नका लागि भारत तयार रहेको बताए ।

जलविद्युत र पर्यटनको क्षेत्रपनि विस्तार हुँदै गएकाे उल्लेख गर्दै श्रीवास्तवले त्यसमा पनि सहकार्य गर्न भारत तयार नै रहेकाे बताए ।

उनले भने, ‘नेपाल र भरतको सम्बन्ध धेरै पहिले देखिको हो । हाम्रो प्रधानमन्त्री मोदीको समेत छिमेकी नेपाल हाम्रो पहिलो प्राथमिकतामा रहेको छ । नेपालमा हामी पूर्वाधारदेखि मोबाइलप्रविधि लगायतमा क्षेत्रमा सहकार्य गर्न तयार छौ । नेपालले केहि वर्षदेखि जलविद्युत क्षेत्रमा रहेको छ । जलविद्युत केहि मात्रामा निर्यात गर्दै छ । हामीले नेपाल भारत बङ्गलादेश समेतमा जलविद्युत व्यापारको त्रिपक्षीय सम्झौता समेत गरिसकेका छौँ । जसबाट नेपाल दक्षिणी एसियाकै ग्रिन ईनर्जीको हब बन्दै छ। नेपालमा आउने पर्यटनका रुपामा २०% भन्दा धेरै भारतीय पर्यटक रहेका छन् । हामी त्यस क्षेत्रमा समेत लगानीका लागि सहकार्य गर्न तयार छौ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर