प्रचण्डलाई युद्ध अपराधी भन्दै डा. केसीको २२ औं अनसन श्रृंखला शुरु, प्रधानमन्त्रीबाट राजीनामा माग – Nepal Press

प्रचण्डलाई युद्ध अपराधी भन्दै डा. केसीको २२ औं अनसन श्रृंखला शुरु, प्रधानमन्त्रीबाट राजीनामा माग

काठमाडौं । डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै पशुपति मृगस्थलीमा आमरण अनसनमा बसेका छन् । आफ्नो अन्तिम अल्टिमेटमको अवधिमा पनि मागहरू सम्बोधन नभएको भन्दै ४ बजेदेखि २२ औं सत्याग्रह शुरु गरेका हुन् ।

डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी, घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा । निष्पक्ष रुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस्‌ ।’

उनले सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधोपचारको व्यवस्था गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको नाममा हामीसँग भएका शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्ने, गण्डकी र मधेश प्रदेश साथै इलाम, उदयपुर र डडेल्धुरामा मेडिकल कलेज र प्रतिष्ठान तुरुन्त निर्माण गर्न, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्डसम्बन्धी उच्च शिक्षा ऐन र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी ऐन तुरुन्त पारित गर्नलगायत सबै सम्झौता कार्यान्वयन गर्न र कार्की आयोगले दोषी ठह¥याएका व्यक्तिहरूलाई कारबाही गर्न माग गरिन्छ ।’

विज्ञप्तिकाे पूर्ण विवरण


प्रतिक्रिया

7 thoughts on “प्रचण्डलाई युद्ध अपराधी भन्दै डा. केसीको २२ औं अनसन श्रृंखला शुरु, प्रधानमन्त्रीबाट राजीनामा माग

  1. काँग्रेस र मेडिकल माफियाको डन यसले जे गरे पनि वास्तै नगर । लोकतन्त्र भन्दैमा माफियाको डनले भनेको मान्ने होईन बरू समातेर जेल कोचिदिउँ ।

  2. अनसन शिरोमणिले फेरि काम पाए छ।

  3. पहिले त यो मान्छे अलि ठिक लाग्थ्यो। अहिले त ठिक लाग्न छोड्यो यो मान्छे।

  4. जब मान्छे आर्जेको आबरूबाट माटोमा धसिने गरी गिर्छ अनि……!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर