विकासमा राजनीति गर्नुहुँदैनः उपप्रधानमन्त्री महासेठ – Nepal Press

विकासमा राजनीति गर्नुहुँदैनः उपप्रधानमन्त्री महासेठ

काठमाडौं ।उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरु बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताए ।

उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरुलाई आग्रह गरे । उनले दलका नेताहरुले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभइ दलको स्वार्थ भन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए ।

उनले भने, ‘यहाँ एउटै विचारका साथीहरु हुनुहुन्न । विभिन्न विचारका साथीहरु हुनुहुन्छ । विकासको मामिलामा हामी राजनीतिक कुराहरु धेरै गर्दैनौँ । राजनीति हामीले ५ वर्षमा ६ महिना गर्दा पुग्दो रहेछ । संघ र प्रदेशको चुनाव ताका, ६ महिना तयारीका लागि र स्थानीय तहको निर्वाचनको बेलामा ४ महिना । बाँकी समय त विकास मिलेर गर्दा हुँदो रहेछ । हामीले काम गर्दा हुन्छ । पार्टीका नेताहरुले पार्टीका कुरामात्रै गर्ने होइन । हामीले पार्टीको स्वार्थ भन्दा माथि उठेर जब हामी सोच्दैनौँ, देश अघि बढाउन सक्दैनौँ । हामीले विद्वान साथीहरुसँग कुरा बुझेर, सोधेर अघि बढ्नुपर्छ । दोस्रो पटक म पनि भौतिक मन्त्रालयमा आएको छु । कामको गति बढाउँदैछौँ । विश्वास छ यस वर्ष यस सरकारले भौतिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त गर्नेछ ।’

उपप्रधानमन्त्री महासेठले देश विकासका लागि सबैको भुमिका महत्वपूर्ण हुने बताए । नेपालमा विगतको भन्दा वर्तमानमा धेरै प्रगति भएको दाबी गदै उनले राजाको पालामा धेरै विकास हुने र बहुदल आइसकेपछि विकास नभएको भन्नेकुरा सत्य नरहेको बताए । पार्टीका नेताहरुलाई गाली गरेर मात्रै आत्मसन्तुष्टि लिनु भन्दा साँच्चिकै विकास भएको छ की छैन ? भन्नेबारेमा सत्य जानकारी प्रश्तुत गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर