अनुशासनको कारबाही छल्न अमेरिकी सैनिक उत्तर कोरिया छिरेको खुलासा – Nepal Press

अनुशासनको कारबाही छल्न अमेरिकी सैनिक उत्तर कोरिया छिरेको खुलासा

काठमाडौं । हालसालै दक्षिण कोरियाबाट उत्तर कोरिया छिरेका एक अमेरिकी नागरिक पक्राउ परेको समाचार सार्वजनिक भएको थियो ।

त्यसरी छिर्ने अमेरिकी सैनिक भएको खलेको छ । दक्षिण कोरियाबाट सैन्य अनुशासन उल्लङ्घन गरेको आरोपमा अमेरिका लान लागिएका ती सैनिक सुटुक्क भागेर उत्तर कोरिया पुगेको बताइएको छ ।

अमेरिकी मिडिया सिबिएस न्यूजका अनुसार विमानस्थलको सुरक्षा जाँचका क्रममा छलेर उनी उत्तर कोरियाको सिमानामा पुगेका थिए । उत्तर कोरिया टेक्नु अगाडि हाहाहा गरेर उनी कराएको अमेरिकी मिडियाले उल्लेख गरेका छन्।

यो पनि पढ्नुहाेस्- उत्तर कोरियाको सीमा प्रवेश गरेका अमेरिकी नागरिक पक्राउ

त्यसरी प्रवेश गर्ने सैनिकको नाम त्राभिस किंङ भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *