पाकिस्तानमा भत्काइयो १५० वर्ष पुरानो हिन्दू मन्दिर – Nepal Press

पाकिस्तानमा भत्काइयो १५० वर्ष पुरानो हिन्दू मन्दिर

कराँची । पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई पुरानो र खतरनाक संरचना भन्दै भत्काइएको छ ।

मन्दिर भत्किएपछि सो क्षेत्रमा बसोबास गर्ने हिन्दू समुदायका मानिसहरू समस्यामा परेका छन् ।

कराँचीको सोल्जर बजारमा रहेको मारी माताको मन्दिरलाई शुक्रवार राति भारी प्रहरीको उपस्थितिमा बुलडोजरको सहायताले भत्काइएको थियो।

मन्दिरको बाहिरी पर्खाल र मुख्य गेटलाई अक्षुण्ण राख्दा भित्रको सम्पूर्ण संरचना भत्काएको रामनाथ मिश्र महाराजले बताए ।

चार सयदेखि ५ सय वर्ग गज क्षेत्रफलमा मन्दिर बनेको र वर्षौँदेखि मन्दिरको जग्गा कब्जा गर्ने प्रयास भइरहेको थियो ।

स्थानीय प्रहरी चौकीका एक वरिष्ठ प्रहरी अधिकारीले मन्दिरलाई अधिकारीहरूले खतरनाक संरचना घोषणा गरेकाले भत्काइएको बताए। उनले मन्दिर कराँचीको मद्रासी हिन्दू समुदायले सञ्चालन गरेको र संरचना निकै पुरानो र खतरनाक भएकोमा उनीहरू सहमत भएको बताए ।

अर्कोतर्फ हिन्दू समुदायका स्थानीय नेता रमेशले मन्दिरको जग्गा किर्ते कागजपत्रका आधारमा ‘डेभलपर’लाई बिक्री गरेको भन्दै केही समयदेखि मन्दिर व्यवस्थापनलाई परिसर खाली गर्न दबाब परेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *