वाग्नर समूहले बेलारुसी सैनिकहरूलाई तालिम दिँदै – Nepal Press

वाग्नर समूहले बेलारुसी सैनिकहरूलाई तालिम दिँदै

काठमाडौँ । गत जुन २३ मा रुसमा सैन्य कू प्रयास गरेको रुसको निजी सैन्य कम्पनी वाग्नर रुसबाट बेलारुसमा स्थानान्तरण भएपछि बेलारुसी सैनिकलाई तालिम दिन सुरु गरेको छ ।

अलजजिराका अनुसार बेलारुसले आफ्ना सैनिकहरूलाई वाग्नर समूहले तालिम दिन थालेको बताएको उल्लेख गरेको छ ।

शुक्रवार बेलारुसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरेर वाग्नर र बेलारुसी सेनाको आगामी मार्गचित्र बारेमा सार्वजनिक गरेको थियो । जस अनुसार वाग्नर समूहको तालिम देखी अनुभव बेलारुसी सैनिकहरूमा बाँड्ने बुँदा पनि अटाइएको छ ।

बेलारुसी मन्त्रालयले वाग्नर समूहका कत्ति लडाकु बेलारुसमा भएको कुनै सार्वजनिक जानकारी भने दिएको छैन ।

बेलारुसी राजधानी मिन्स्कबाट ९० किलोमिटर दक्षिण पूर्वी क्षेत्रमा वाग्नर समूहले बेलारुसी सैनिकहरूलाई तालिम दिइरहेको एक भिडियो समेत मन्त्रालयले सार्वजनिक गरेको अलजजिराले उल्लेख गरेको छ ।

यद्यपि वाग्नर समूहका नाइके येभ्गेनी प्रिगोजिन भने गत जुन २४ बाट कतै सार्वजनिक रूपमा नदेखिइएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *