चर्चामा मोदीले अमेरिकी फर्स्ट लेडीलाई दिएको हिरा उपहार – Nepal Press

चर्चामा मोदीले अमेरिकी फर्स्ट लेडीलाई दिएको हिरा उपहार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो राजकीय भ्रमणका क्रममा अमेरिकी फर्स्ट लेडी जिल बाइडेनलाई हिरा उपहार दिएका थिए । मोदीले दिएको हिरा उपहार अहिले भारत र अमेरिकी मिडियाहरुमा चर्चामा छ ।

मोदी क्याबिनेटका मन्त्री पियुस गोयलले ट्विट गरेर मोदीले दिएको उपहार भनेपछि हिराको चर्चा चुलिएको हो ।

वातावरणमैत्री भनिएको हिरा ७.५ क्यारेटको भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । ल्याबमा बनाइएको उक्त हिरा कास्मिरी कलाले भरिएको बट्टामा राखेर दिइएको थियो । हरियो रंगको हिरा बनाउने सोलार र वायु ऊर्जामात्रै प्रयोग गरिएकाले हरित हिरा भनिएको बताइएको छ ।

भारतले ल्याबमा निर्मित हिरा उत्पादनमा जोड दिएको छ । सन् २०२५ सम्म पाँच अर्ब अमेरिकी डलरको बजार बनाउने भारतको लक्ष्य रहेको भारतीय अंग्रेजी अखबार दि हिन्दूले उल्लेख गरेको छ । ७.५ क्यारेटको हिरा बनाउनुको अर्थ भारतको स्वतन्त्रताको ७५ वर्ष पुगेको जनाउन दिनु रहेकोसमेत भारतीय अखबार हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री मोदीको कार्यालयलाई साभार गरेर उल्लेख गरेको छ ।

हिरा मोदीको गृह राज्य गुजरातको सुरतमा उत्पादन भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर