म्यानमारमा सेना समर्थक गायिकाको गोली हानी हत्या – Nepal Press

म्यानमारमा सेना समर्थक गायिकाको गोली हानी हत्या

याङुन । गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्याबको निधन भएको छ ।

टाउकोमा गोली लागेर घाइते भई याङ्गुन अस्पतालमा उपचाररत गायिका क्याबको एक साता पछि मृत्यु भएको हो ।

कथित रूपमा सेनाको विरोध गर्ने बन्दुकधारीहरूले उनलाई गोली हानेको बताइएको छ ।

बीवीसीका अनुसार ५८ वर्षीया गायिका क्याब सेनाका उच्च अधिकारी तथा जुन्ताका शीर्ष नेताहरूको नजिक थिइन्  । उनलाई जुन्ताको सूचनादाता भएको आरोप पनि लगाइँदै आइएको थियो ।

उनको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरू सेनाको विरुद्धमा सहरी छापामार गरिरहेका समूहसँग सम्बन्धित रहेको बताइएको छ ।

सुश्री क्याबको हत्या उच्च प्रोफाइल सरकारी समर्थकहरूको हत्याको शृङ्खलाको पछिल्लो घटना हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर