खपिनसक्नु गर्मी भएपछि विराटनगरमा शीतल जल वितरण सुरु – Nepal Press

खपिनसक्नु गर्मी भएपछि विराटनगरमा शीतल जल वितरण सुरु

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा शीतल जल वितरण सुरु गरिएको छ । पछिल्लो समय अत्याधिक गर्मी बढेसँगै विराट व्यापार संघले आजबाट असार १ गतेसम्म शीतल जल वितरण कार्यक्रम सुरु गरेको हो ।

१० दिनसम्म चल्ने अभियानको पहिलो दिन करिब तीन हजार जनालाई शीतल पानी र सर्वत पानी वितरण गरिएको संघका वरिष्ठ उपाध्यक्ष प्रमोद जिङ्दलले बताए ।

उनका अनुसार विराट व्यापार संघले शनि मन्दिर र विजुली अफिस छेउमा निःशुल्क पानी वितरण गर्न सुरु गरेको छ ।

विराटनगरमा अत्याधिक गर्मी बढेको कारण सर्वसाधरणलाई राहत होस भनी पानी वितरण गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर