गण्डकीका पूर्वमुख्यमन्त्री पाेखरेलले ५ महिनासम्म पनि फिर्ता गरेनन् गाडी र चालक – Nepal Press

गण्डकीका पूर्वमुख्यमन्त्री पाेखरेलले ५ महिनासम्म पनि फिर्ता गरेनन् गाडी र चालक

पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी सवारी र चालक फिर्ता नगरेको पाइएको छ । पोखरेलले आफू मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग १ झ ६०१ सवारी र चालक ५ महिना बितिसक्दा पनि फिर्ता नगरेका हुन् । पोखरेल गएको पुस २५ गते पदमुक्त भएका थिए ।

प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई सवारी र चालक सुविधा दिने व्यवस्था कुनै ऐन-कानूनले गरेको छैन । तर, पूर्वमुख्यमन्त्री पोखरेलले ५ महिना बितिसक्दा पनि अनधिकृत रुपमा सवारी र चालक राखेका छन् ।

पोखरेलले सवारीसाधन र चालक हालसम्म फिर्ता नगरेको मुख्यमन्त्री कार्यालयका स्टोर प्रमुख तोयनाथ आचार्यले जानकारी दिए ।

‘हामीले उहाँलाई एक हप्ताभित्र फिर्ता गर्नुस् भनेर भनेका थियौं । तर, अहिलेसम्म फिर्ता भएको छैन’, उनले भने, ‘ त्यसपछि पनि फिर्ता गर्न हामीले मौखिक रुपमा आग्रह गरिरहेका छौं । तर, फिर्ता गर्नुभएको छैन ।’

सवारी चालक पनि मुख्यमन्त्री कार्यालयका कर्मचारी हुन् । चालकलाई मुख्यमन्त्री कार्यालयबाटै सेवासुविधा प्रदान गर्दै आएको स्टोर प्रमुख आचार्यले बताए ।


प्रतिक्रिया

One thought on “गण्डकीका पूर्वमुख्यमन्त्री पाेखरेलले ५ महिनासम्म पनि फिर्ता गरेनन् गाडी र चालक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर