करका दर हेरफेरबारे एमाले- अर्थमन्त्रालयको विज्ञप्तिले प्रश्न उठायो, सत्यतथ्य सार्वजनिक गर्छौँ – Nepal Press

करका दर हेरफेरबारे एमाले- अर्थमन्त्रालयको विज्ञप्तिले प्रश्न उठायो, सत्यतथ्य सार्वजनिक गर्छौँ

काठमाडौं । नेकपा एमालेले बजेट निर्माणको बेलामा करका दर हेरफेर भएको विषयमा अर्थमन्त्रालयको विज्ञप्तिले प्रश्न उठाएको बताएको छ ।

प्रतिनिधिसभाको बैठकअघि एमालेका सचेतक महेश बर्तौलाले करका दर हेरफेरबारे एमालेको तर्फबाट अध्ययन भइरहेको बताए ।

उनले भने, ‘बजेट देशको भविष्यसँग जोडिएको विषय हो । लापरबाही विषय होइन । हामीले नीति तथा कार्यक्रमदेखि नै पटकपटक भन्दै आइरहेका छौं । अघिल्लो वर्षको नजिर पनि हेरेर भनिरहेका थियौं । करका दर हेरफेर गर्दा पसेको व्ययक्तिको सीसी क्यामेराको फुटेजसमेत काटेको अवस्था थियो । त्यो नहोहोरियोस् भनेर खबरदारी गरेका छौं । अर्थमन्त्रालयबाट गल्ती भइसक्यो हाउसमा छलफल भइरहेको बेलामा हतार हतार विज्ञप्ति सार्वजनिक गरेको छ । त्यो विज्ञप्तिले प्रश्न सिर्जना गरेको छ । विज्ञप्तिको विषय के हो ? बाहिर आएको हल्ला के हो ? आजको बैठकमा सुरूमै त्यो विषय उठाउँछौं ।’

गत वर्ष पनि संसदीय समिति बनाइएको भएपनि बहुमतको आधारमा सफाइ दिएको टिप्पणी गरे । करका दर हेरफेर भएकै कारणले देशको अर्थतन्त्र संकटको अवस्थामा पुगेको दाबी गरे ।

उनले भने, ‘गत साल संसदीय समितिबाट बहुमतको साथ सफाइ दिइयो त्यही विषयलाई पनि ख्याल गरी दृणताका साथ त्यसमा भएको विषयलाई जस्ताको जस्तै सार्वजनिक गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर