मधेश प्रदेश : सशर्त बजेटमा भएको गडबडीको छानबिन गर्न सत्तापक्षकै सांसदको माग – Nepal Press

मधेश प्रदेश : सशर्त बजेटमा भएको गडबडीको छानबिन गर्न सत्तापक्षकै सांसदको माग

जनकपुरधाम । मधेश सरकारले स्थानीय तहमा सशर्त बजेट पठाउन कमिशनको खेल भएको विषयमा छानबिन गर्न सत्तापक्षकै सांसदले माग गरेका छन् ।

सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले सशर्त बजेट पठाउन भएको गडबडीको छानविन गर्न समिति गठन गर्न माग गरेका हुन् ।

आजको प्रदेशसभा बैठकमा उनले भने, ’प्रतिपक्षी दलका साथीहरुले विचौलियाको विषयमा आवाज उठाएपछि खुशी लागेको थियो । तर बन्द कोठामा के सहमती भयो थाहा छैन । सबै चुप लागे ।’

’अगामी दिनमा त्यस्तो नहुने सहमति भयो’, सांसद महतोले भने, ‘तर यो पटक भएको गडबडीको के गर्ने ? त्यतिकै छाड्ने ?संघीयताको जननी हो यो प्रदेश । तर मलाई लाग्छ– सघीयता जानमा यही प्रदेश दोषी नभइजाओस् ।’

उनले स्थानीय तह र प्रदेशबीच विचौलिया खडा भएको बताए । ‘चिया पसलमा जांदा मान्छेले भन्न थालेका छन्– माननीय जी कसरी पाउने ? म पनि दिन तयार छु’, सांसद महतोले सुनाए ।

उनले सशर्त बजेट पठाउन भएको गडबडीको विषयमा छानविन समिति बनाएर निवेदन आह्वान गर्दा भिडिओ र अडिओ प्रमाण समेत आउने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर