माओ जन्माउने गाउँघर (फोटो फिचर) – Nepal Press

माओ जन्माउने गाउँघर (फोटो फिचर)

साओसान (हुनान) । जनवादी गणतन्त्र चीनका संस्थापक नेता माओ जेदोङको जन्मघर चीनको मध्य क्षेत्रको प्रान्त हुनानको मध्य क्षेत्रकै एक गाउँ साओसानमा छ। सन् १८९३ डिसेम्बर २६ मा यो गाउँको तुलनात्मक रूपमा हुनेखाने किसान परिवारमा जन्मेका माओ १७ वर्षसम्म यहाँ बसे। पछि पढाइको क्रममा उनी गाउँबाट निस्किए।

पढाई र राजनीतिक आन्दोलनमा लागेपछि पनि उनले आफ्नो गाउँघरमा पारिवारिक र राजनीतिक कारणले आउजाउ गरिरहे। सन् १९२९ मा भने चीनको तत्कालीन सत्ताधारी कोमिनताङ पार्टीको सरकारले माओको घर ध्वस्त बनाएको थियो। सन् १९४९ अक्टोबर १ मा कोमिनताङ सत्ता ढलेर जनवादी गणतन्त्र चीन स्थापना भयो। स्थापना लगत्तै सन् १९५० मा पुरानो स्वरुपकै घर पुनः निर्माण भयो।

१३ कोठा भएको घरमा माओ, उनका भाइदेखि आमाबुबाले प्रयोग गर्ने खाटदेखि उनले पढ्ने कोठाहरु र प्रयोग गर्ने मालमत्ता राम्रोसँग सजाएर राखिएको छ। हुनान प्रान्तको राजधानी छाङ्साबाट झन्डै साढे एक घन्टाको यात्रामा पुगिने माओको गाउँलाई स्थानीय सरकारले स्वामित्वमा लिएर प्रबर्द्धन र पर्यटकिय चहलपहलको नेतृत्व गरिरहेको छ।

सन् १९६१ बाट चीनले माओ जन्मघरलाई राष्ट्रिय महत्त्वको कल्चरल गन्तव्यको रूपमा सूचीकरण गरेको छ। चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सका अनुसार माओको जन्मघरमा दैनिक औसतमा ९ हजार आगन्तुकहरु पुग्ने गर्छन् ।

घरको बाहिरी तस्बिर तथा भिडियो खुल्ला गरिए पनि भित्र भने निषेध गरिएको छ। चीनले विकास गरेको ‘रेड टुरिजम’को एक महत्त्वपूर्ण गन्तब्य भएकोले माओ जन्मघरमा भिड धेरै हुने गरेको छ । माओको जन्मघर प्रवेश नि शुल्क छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर