माओवादी सांसद दाहालको अभिव्यक्तिविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरू) – Nepal Press

माओवादी सांसद दाहालको अभिव्यक्तिविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद खेलनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथको जलहरी प्रकरणमा जोडेपछि युवा संघ नेपालले विरोध गरेको छ ।

१० गते नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद दाहालले जलहरी सुनको नभई पित्तल भएको अभिव्यक्ति दिएका थिए । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला जलहरी राखिएको थियो ।

उनको सो अभिव्यक्तिपछि एमाले निकट युवा संघले प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी युवासंघका कार्यकर्ताहरूले ‘सिसिटिभी फुटेज खाने मुसा कहाँ गयो ?’, ‘लडाकु घोटाला छानबिन गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

अहिले दाहालको सो अभिव्यक्ति भने संसद्को रेकर्डबाट हटिसकेको छ । तीन दलका शीर्ष नेताहरुबीच सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत ओलीलाई जलहरी प्रकरणसँग जोड्न नहुने प्रष्टीकरण संसदमा नै दिइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर