सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौंः उपप्रधानमन्त्री खड्का – Nepal Press

सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौंः उपप्रधानमन्त्री खड्का

काठमाडौं । नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा उनले यस्तो बताएका हुन्। मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्वपूर्ण मन्त्रालय भएकाले सबै सम्बन्धित पक्षहरुसँगको छलफलबाट आफू अघि बढ्ने बताए ।

उनले सामुहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने बताए । उनले न्युनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै न्युनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकताहरु, सरकारका महत्वपूर्ण नीतिगत सुधारका कामहरु अघि सार्ने बताए ।

उनले भने, ‘यो मन्त्रालय महत्वपूर्ण छ, यसलाई बुझेर नै मैले आफ्ना कामहरु प्रधानमन्त्रीज्युको निर्देशनमा रक्षा मन्त्रालयका अधिकारीहरु, नेपाली सेनाको प्रधानसेनापति लगायत सम्पूर्ण सम्बन्धित व्यक्तिहरुसँग छलफल गर्नेछौँ । हामी सामुहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर जानेछौँ । हामीले न्युनतम साझा कार्यक्रमको तयारी गर्दैछौँ । मस्यौदा तयार भएको छ । सरकार बिस्तार गर्ने काम लगभग सम्पन्न भएको छ । केही दिन भित्रमा नै न्युनतम साझा कार्यक्रममार्फत ल्याउनेछौँ । सरकारको न्युनतम साझा कार्यक्रम केही दिन भित्रमा नै सार्वजनकि गर्छौं । त्यसबाट नै सरकारका प्राथमिकताहरु, सरकारका महत्वपूर्ण नीतिगत सुधारका विषयहरु, लगायत समग्र विषयमा हामी केन्द्रित हुनेछौँ ।’

मन्त्री खड्काले अबको केही दिनभित्र सरकारको न्युनतम साझा कार्यक्रम ल्याइ देशको सम्पूर्ण परिस्थितिमा केन्द्रित हुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर