भीम रावललाई सच्चिन विष्णु पौडेलको आग्रह, नत्र पार्टीले कदम चाल्ने चेतावनी (भिडिओ) – Nepal Press

भीम रावललाई सच्चिन विष्णु पौडेलको आग्रह, नत्र पार्टीले कदम चाल्ने चेतावनी (भिडिओ)

कैलाली । एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले एमाले नेता भीम रावललाई सच्चिन आग्रह गरेका छन् ।

प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले १० औँ महाधिवेशनपछि नेता रावल पार्टीको विधि विधानभन्दा बाहिर गएको आरोप लगाए ।

‘उहाँ १० औँ महाधिवेशनपछि पार्टीको विधि विधान मान्न थाल्नुभएन, केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत गर्दा पनि उहाँले स्वीकार गर्नुभएन’, पौडेलले भने ‘त्यसयता अहिलेसम्म पनि उहाँले पार्टीको नीति र नेतृत्व मान्नु भएको छैन । ’

रावललाई अझै पनि पार्टीको गतिविधिमा फर्किन पौडेलले सुझाव दिए । अझै पार्टीविरोधी गतिविधिलाई अगाडि बढाए वा आत्मालोचना नगरे पार्टीले थप कदम चल्न सक्ने पौडेलले प्रष्ट्याए ।

‘हाम्रो भीम रावलजीले पार्टीको अनुशासनको दृष्टिकोणले पार्टीको एउटा जिम्मेवार सदस्यले निर्वाह गर्ने कर्तव्यको दृष्टिकोणले उहाँ विगतमा लामो समयसम्म पार्टीको नेतृत्वदायी कमिटीमा रहेर काम गरेको
पदाधिकारीको हैसियतले उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन । पार्टीको निर्णय मान्नुभएको छैन, उहाँले पार्टीको अनुशासन उल्लंघन गर्नुभएको छ । उहाँले पार्टीलाई कमजोर पार्ने, गतिविधि उहाँबाट भइरहेका छन् । उहाँले एकपछि अर्को गल्ती गर्नुभएको छ ’, पौडेलले भने ।

उनले अहिलेको गठबन्धन सरकार लामो समय रहन नसक्ने जिकिर गरे ।

अहिलेको सरकार जनविरोधी भएको भन्दै पौडेलले भने, ‘यो सरकारको भविष्य छैन ।’

आगामी चुनावमा एमाले एक्लैले बहुमत ल्याउने गरी गृहकार्य गरिरहेको भन्दै उनले मिसन ग्रासरुटले पनि एमालेलाई अझै बलियो बनाएको बताए ।

याे पनि पढ्नुहाेस् ।

भीम रावलले वरिष्ठ नेता मागेका हुन् ? अनुशासन आयोगका अध्यक्षको घरमा ३ घण्टा ‘केरकार’

रावलले ‘अछाम आउँदा भन्नुभएन’ भनेपछि पौडेलको जवाफ- ‘उहाँसँग भिसा, पासपोर्ट लिनु पर्दैन’

विष्णु पौडेलले भीम रावलबारे बोल्दा बबाल भएको हो ? यस्तो छ साँफेबगरको वास्तविकता


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर