कांग्रेसको निर्णय : तनहुँ १ मा गोविन्द भट्टराई उम्मेदवार, बारा २ मा जसपालाई सघाउने – Nepal Press

कांग्रेसको निर्णय : तनहुँ १ मा गोविन्द भट्टराई उम्मेदवार, बारा २ मा जसपालाई सघाउने

काठमाडौं । नेपाली कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य समेत रहेको भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको  नेता अर्जुन नरसिंह केसीले बताए ।

तनहुँ १ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ वैशाख १० मा उपनिर्वाचन हुँदै छ।

यस्तै, कांग्रेसले बारा २ मा जसपालाई सघाउने निर्णय गरेको छ।

त्यहाँ जसपा अध्यक्ष उपेन्द्र यादव चुनाव लड्ने चर्चा छ। भने, चितवन २ का जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर