गठबन्धन बैठक छाडेर बालुवाटारबाटै हेलिकप्टरमा चितवन उडे प्रचण्ड

२०७९ चैत १६ गते ९:१७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बैठक छाडेर चितवन उडेका छन् ।
मन्त्रालय भागबण्डाका लागि आज बिहान आह्वान भएको बैठक बालुवाटारमा जारी छ ।
चितवनमा विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत चितवन गएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू अहिले पनि बालुवाटारमा नै छन् ।
उनी दिउँसो एक बजे काठमाडौं फर्किने सचिवालयले जनाएको छ ।
आजै प्रचण्डले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर