तिलोत्तमा गोल्डकपमा हिमालयन शेर्पालाई हराउँदै थ्रीस्टार सेमीफाइनल प्रवेश – Nepal Press

तिलोत्तमा गोल्डकपमा हिमालयन शेर्पालाई हराउँदै थ्रीस्टार सेमीफाइनल प्रवेश

रुपन्देही । बुटवलमा जारी मोफसलको ठूलो राशीको पुरस्कार रहेको तिलोत्तमा गोल्डकपको आइतबार भएको फुटवल प्रतियोगितामा थ्रीस्टार क्लब विजयी भएको छ ।

२२ औं संस्करण अन्तर्गत आइतबार भएको निकै प्रतिष्प्रर्धात्मक खोलमा हिमालयन शेर्पा क्लवलाई १—० गोल अन्तरले पराजित गर्दे थ्री स्टार बिजयी भएको हो । यो जित संगै थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो हापको ३८ मिनेटमा १८ नम्बर जर्सीका खोलाडी दिपेश गुरुङले गरेको गोल नै निणार्यक बनेको थियो । यसअघि शनिबार भएको खेलमा सुदूरपश्चिम-११ विजयी भएको छ ।

खेलमा हिमालयन शेर्पाका १५ नम्बरका जर्सीका खेलाडी दिवस उराउले पहेँलो कार्ड पाएका थिए । ७ मिनेटको ईन्जुरी समयमा पनि कुनै गोल हुन सकेका थिएन । खेलको म्यान अफ द म्याच थ्री स्टारका लोकेन लिम्बु भएका थिए । उनले ११ हजार १ सय ११ रुपैयाँ , करेन्ट चाउचाउ र यति हेल्मेट प्राप्त गरेका छन् ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी भएको प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ ।

गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

भोलि सोमबारको खेल विभागीय टोली नेपाल शसस्त्र प्रहरी ९एपीएफ० र फ्रेण्ड्स क्लबबीच दिउसो साढे ३ बजे हुने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर