बुढीनन्दा क्याम्पसमा अनेरास्ववियु र गठबन्धनका विद्यार्थीबीच झडप, प्रहरीद्वारा हवाई फायर – Nepal Press

बुढीनन्दा क्याम्पसमा अनेरास्ववियु र गठबन्धनका विद्यार्थीबीच झडप, प्रहरीद्वारा हवाई फायर

मतदान स्थगित, सर्वदलीय छलफल जारी

कैलाली । बाजुराको बुढीनन्दा क्याम्पसमा झडप भएको छ । स्ववियु निर्वाचनको मतदान चलिरहँदा नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम-लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको हो ।

मतदानको क्रममा विद्यार्थी संगठनका नेताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए । उनका अनुसार प्रहरीले भिड नियन्त्रण गर्न लागि अश्रुग्याँस र हवाई फायरसमेत गरेको छ । एकजना विद्यार्थीलाई पक्राउ गरिएको छ ।

मतदान सुरु भएलगत्तै विवाद भएकोमा समस्या हल गरेर मतदान सुचारु गरिएको तर, पुन: झडप भएपछि अहिले मतदान रोकिएको प्रहरी प्रमुख बोहराले बताए । अहिले सर्वदलीय छलफल भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर