उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित – Nepal Press

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

काठमाडौं । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव विजयी भएका छन् ।

आज भएको निर्वाचनमा ३० हजार ३२८ मतभारसहित विजयी भएका हुन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।

एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले गरेकाे मतदानबाट १६ हजार ३२८ मतभार कायम भयाे भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २५३७ मतभार पाइन् ।

यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाइन् । तर, उनले रामसहायलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी थिइन् ।

निर्वाचित भएका यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।


प्रतिक्रिया

2 thoughts on “उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

  1. बधाई छ उपरास्ट्रपती !!
    प्रश्न यो छ :: राष्ट्रपति र उपरास्ट्रपती फरक लिंगको हुनुपर्ने प्रावधान खै लागु गरेको !?
    गठबन्दनले संबिधान ट्र्यास मा फ्याक्यो कि लगौटी बनायो !? परिवर्तन र परिवर्तन चाहना समेटिएको भनिएको सम्बिधानको घोर उल्लंघन !! मान्छे ब्येवास्थापन र सत्ता हालिमुहाली नै हो त लोकतन्त्र !? गथबन्बन :: मुर्दाबाद !!

  2. गौर हत्याकाण्डका एक नेतालाई प्रतिनिधि सभामा पुर्‍याउन माओवादी र काङ्ग्रेस द्वारा गरिएको सम्बिधानको घोर उलंघन हो यो उपराष्ट्रपतिको चुनाव। जनता प्रती जवाफदेहिता हुन नपर्ने यो रावण गठबन्धन मुर्दावाद। उपराष्ट्रपति बनाएका छन् बधाई त भन्नै पर्‍यो। कता हराएका छन् महिला अधिकारवादीहरु। के भन्छन् भिमार्जुन भन्ने विद्वान ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर