गायक सचिनको स्वर तथा अभिनित ‘मरिहत्ते’ सार्वजनिक – Nepal Press

गायक सचिनको स्वर तथा अभिनित ‘मरिहत्ते’ सार्वजनिक

काठमाडौं । गायक सचिन रौनियारको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ सार्वजनिक गरिएको छ । सन्तोष सुनारको शब्द र सङ्गीत रहेको गीतको भिडिओमा सचिनसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनय छ ।

‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ । निर्देशकले चरित्रमा फिट हुन्छ भन्नुभयो’,गायक रौनियारले पत्रकार सम्मेलनमा भने, ‘डिजिटल समयमा ए मान्छेपछि कम्ब्याक भए । समयानुसारनै आफूलाई प्रस्तुत गर्दैछु ।’

गायक रौनियार छ भनौ कि छैन भनौ, यो वनमा छैन क्यारे न्याउली कराउदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीतमार्फत स्थापित भएका हुन् ।

अभिनेत्री ढुङ्गानाले आफूले निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगै सन्देश दिने बताइन् ।

‘गृहणीको भूमिकामार्फत दैनिकीमा देखिने समास्या र सामाजिक दायित्वलाई यसमा समेटेका छौँ’, उनले भनिन् ।

कार्यक्रममा कुन्ती मोक्तान, लोचन भट्टराई, दीपक बज्राचार्य, दीपक शर्मा, निर्मल शर्मा लगायतको उपस्थिति थियो ।

निकेश खड्काद्वारा निर्देशित भिडिओमा आर्थिक अवस्था कम्जोर रहेको दम्पतीको कथा देखाइएको छ । हरि हुमागाईंले भिडिओ छायाङ्कन र विकास धमलाको सम्पादन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर