राप्रपा कार्यसम्पादन समिति बैठक : राष्ट्रपति निर्वाचन मुख्य एजेण्डा – Nepal Press

राप्रपा कार्यसम्पादन समिति बैठक : राष्ट्रपति निर्वाचन मुख्य एजेण्डा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल सुरु भएको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचन प्रमुख चासो र प्राथमिकताको विषय नभएकाले तटस्थ हुनुपर्ने केही नेताले मागगरेपछि सो विषयमा विवाद र मतभेद बढेको छ ।

निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन गर्न समय तय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर