रेशमसँग नागरिक उन्मुक्तिका ७ सांसदको कारागारमा ६ घण्टा वार्ता : विश्वासको मत नदिने अडान कायमै – Nepal Press

रेशमसँग नागरिक उन्मुक्तिका ७ सांसदको कारागारमा ६ घण्टा वार्ता : विश्वासको मत नदिने अडान कायमै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भोलि विश्वासको मत लिँदै छ । तर, सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने सङ्केत गरेको छ ।

आज नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सात जना सांसद रेशम चौधरीलाई भेट्न डिल्लीबजार स्थित कारागार पुगेका थिए । उनी भन्दा केही समय अघि पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ पनि कारागार पुगेकी थिइन् । सात सांसदलाई रेशम चौधरीले तत्काल सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएका थिए।

‘पहिले जेलको ढोका खुल्ला त्यसपछि सरकारको ढोका खुल्ला’ रेशम चौधरीले आफ्ना सांसदलाई भने ।

११ बजे देखी भएको छलफल करिब ५ बजे सम्म चलेको थियो । उक्त छलफलमा नागरिक उन्मुक्तिका केही सांसदहरूले तत्काल विश्वासको मत दिएर सरकारमा जान आफ्ना मतदाताको दबाब रहेको बताएका थिए ।

जवाफमा रेशम चौधरीले माग र मुद्दा भन्दा बाहिर जान नसकिने बताएका थिए । बैठक सकिए लगत्तै शीर्ष नेताले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने अडान यथावत् नै रहेको बताए ।

भोलि बिहान ११ बजे सुदूरपश्चिम सरकारका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत मत दिने संसद् बैठक आह्वान गर्न भनेका थिए । तर, केही ढिलो हुने भन्दै भोलिको बैठक १ बजेको लागि सारिएको छ ।

आज डिल्लीबजार कारागारको बैठकले भोलि मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना क्षीण बनेको छ ।

२७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले २६ गते सम्म विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । सुदूर पश्चिममा नागरिक उन्मुक्तिले विश्वासको मत नदिए सरकारले बहुमत गुमाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर