सुनचाँदीको मूल्य स्थिर – Nepal Press

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा मङ्गलवार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ कायम रहेको छ ।

यसअघि सोमबार प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मङ्गलवार सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनायो ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, मङ्गलवार चाँदीको मूल्य पनि स्थिर रहेको छ। मङ्गलवार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर