सरकारलाई एमालेको सुझाव- रासायनिक मलको वैकल्पिक व्यवस्थादेखि किसानको वर्गीकरणसम्म – Nepal Press

सरकारलाई एमालेको सुझाव- रासायनिक मलको वैकल्पिक व्यवस्थादेखि किसानको वर्गीकरणसम्म

काठमाडौं । नेकपा एमाले कृषि तथा पशुपन्छी विभागको पाँचौं बैठक बसेको छ । अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबार बैठक बसेको हो ।

बैठकले कृषि क्षेत्रमा सरकारले तत्काल गर्नुपर्ने कामका सम्बन्धमा केही महत्वपूर्ण १२ बुँदे सुझाव दिएको विभाग प्रमुख गिरधारीलाल न्यौपानेले एक विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

बैठकमा पोलिट्ब्युरो सदस्य तथा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह पनि सहभागी थिइन् ।

विभागले सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामहरुका बारेमा दृष्टिकोणसहितको खाका तयार गरी पार्टीमा बुझाउनुका साथै कृषि तथा पशुपन्छी विकासमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

यस्तै, चितवनका तरकारी उत्पादक किसान, काठमाडौं, रामकोटलगायत देशभरका किसानहरुले गरेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भएको जनाएको छ ।

तीनै तहका सरकारको प्रभावकारी समन्वयमा संघीय सरकारले नीति निर्माण गर्ने, प्रदेश सरकारले प्रविधि हस्तान्तरण र स्थानीय सरकारले कृषि विकास गर्ने गरी कृषि विकासका कार्य सञ्चालन गर्ने, मलको सहज आपूर्तिको सुनिश्चितता गर्ने, वनस्पति र कुहिने फोहरबाट उत्पादन गर्न सकिने आधुनिक कम्पोस्ट प्लान्ट उत्पादन केन्द्रहरु स्थापना गरी रासायनिक मलको वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

किसानको पहिचान, वर्गीकरण र सूचीकरण गरी परिचयपत्रको व्यवस्था गर्ने, उत्पादित कृषि उपजहरुको समर्थन मूल्य निर्धारण र बजारीकरणको सहज व्यवस्था गर्न विभागले सरकारलाई सुझाव दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर