रास्वपा सांसद झा भन्छन्- गृहमन्त्रीबारे प्रधानमन्त्रीले केही भन्नुभएकाे छैन, केहीबेरमा निर्णय हुन्छ (भिडिओ)

२०७९ माघ १९ गते १६:३३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गृहमन्त्रालयबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म कुनै निर्णय नदिएको बताएका छन् ।
केन्द्रीय समिति र संसदीय दलको बैठकमा सहभागी हुनुअघि सञ्चारकर्मीसँग कुरा गर्दै आजको बैठकले ठोस निर्णय गर्ने बताए ।
उनले भने, ‘राजनीतिमा बहसलाई स्वभाविक रुपमा लिनुपर्छ । प्रधानमन्त्रीले, ओलीजीले र हामीले पनि अहिले तर्क गरिरहेका छौं । उहाँहरुले निर्णय गर्नुभएको होइन । त्यसैले, हामी यहाँ निर्णय गर्नका लागि आएका हौं । केहीबेरमा निर्णय भइहाल्छ ।’
प्रतिक्रिया