साताको अन्तिम कारोबार दिनमा पनि नेप्सेमा भारी गिरावट

२०७९ माघ १९ गते १५:२९

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक २२.१२ अंकले ओरालो लागेको छ । नेप्से २२.१२ अंकले घटेर २०९४.५४ बिन्दुमा बन्द भएको हाे ।
आज ५८ लाख ९८ हजार ९०३ शेयरको किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख १९ हजार १६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यसैगरी कारोबारमा रहेका १३ उपसमूहमा आज सबै उपसमूहको शेयर मूल्य घटेको छ ।
बजार पूँजीकरण भने ३० खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर