चितवन कांग्रेस सभापतिले भने- बागीबाट जोगाऔं, उपचुनावमा रविलाई जितिन्छ – Nepal Press

चितवन कांग्रेस सभापतिले भने- बागीबाट जोगाऔं, उपचुनावमा रविलाई जितिन्छ

काठमाडौं । उपनिर्वाचनमा चितवन कांग्रेसले रवि लामिछानेलाई जित्ने दाबी गरेको छ । चितवन कांग्रेसका सभापति राजेश्वर खनालले आज काठमाडौं भएको पत्रकार सम्मेलनमा त्यसका लागि कांग्रेस एक हुनुपर्नेमा जाेड दिए ।

‘म सभापति भएकोले सबैलाई सल्लाह गरेर निर्णय गर्छु’, खनालले भने, ‘पहिले एक निर्वाचन अब मुलुकभर को हो । कांग्रेस एकै ठाउँमा भएर जोड गरे निर्वाचन जितिन्छ ।’

चितवनमा कांग्रेसबाट जगन्नथा, दिनेश कोइराला जस्ता मान्छे बागी लड्न बाध्य भएको सुनाउँदै गएको निर्वाचनमा धेरैलाई हात जोडेर पनि नभएको र अब उपनिर्वाचनमा पनि त्यसरी नहुने सभापति खनालले बताए ।

रविको नागरिकतापछि पासपोर्टको इस्यु आउँदै गरेको भन्दै खनालले कांग्रेसले कतिपटक उपचुनाव गर्ने भन्दै प्रश्न गरे ।

उनले सबैभन्दा धेरै सीट ल्याएको पार्टीलाई बाहिर राखेर सरकार बनाइनु खतरनाक भएको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डमा ओलीको प्रभाव रहेको खनालको दाबी छ ।

‘यो गठबन्धन कुनै ठाउँमा पुगेर दुर्घटना हुन्छ । रविले फेरि पद खाेज्दैछन्, आफूले के दिने भन्दा पनि के लिन भन्नेमा मात्र ध्यान छ’, सभापति खनालको आरोप छ ।

उनले चितवनमा कांग्रेस पराजित बनेको विषयलाई टिप्पणी गर्दै मतदाताको आँखाको नानीमा छिर्न नसक्ने स्थिति बनेको बताए । ‘मत भनेको आन्तरिक मन हो’, खनालले भने, ‘बाटो र कार्यकर्ता चिनाइयो मतदाता चिनाउनै भ्याइएन ।’

 


प्रतिक्रिया

One thought on “चितवन कांग्रेस सभापतिले भने- बागीबाट जोगाऔं, उपचुनावमा रविलाई जितिन्छ

  1. आफैँ पीडित खडा गर्ने, आफैँ वकिल, आफैँ न्यायाधीशको शैलीमा चलाइएको टिभी सोबाट उनले जनसाधारणका स्तरमा समर्थक त कमाए तर समाजको माथिल्लो वर्गभित्र ठूलो संख्यामा शत्रुता पनि बढाए ।

Leave a Reply to Binod dai Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर